INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गढवा गाउँपालिका–२ का २५ वर्षीय अनिल विकलाई प्रहरीले ०८१ असोज १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १६ गते इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी इश्वर थापाले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भयो ।

अन्य

भिडियो