३२ वर्षीया महिलालाई ०८० असार २१ गते बलात्कार गरेको कसुरमा रामपुर नगरपालिका-१०, सालघारीका २८ वर्षीय मोहन सारु विरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ असोज १४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको एकल इजलासले उक्त फैसला गरेको अदालतका श्रेस्तेदार केशव पराजुलीले बताउनु भयो । आरोपितले पीडित महिलालाई ०८० असार २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८० असोज १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण असोज १८ गते जिल्ला अस्पताल, पाल्पामा भएको थियो ।
प्रहरीले सारु विरुद्ध असार २८ गते जिल्ला अदालतमा अभियोग पत्र दायर गरी वारेन्ट सहितको पक्राउ पुर्जी जारी भएता पनि सारु हालसम्म गिरफ्तार भएका छैनन् ।