१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित बङ्गलाचुली गाउँपालिका-५ हाँसिपुरका ३१ वर्षीय भिमबहादुर गिरीलाई प्रहरीले कात्तिक २० गते गिरफ्तार गरेको छ ।
पत्नीसँगै आएकी १४ वर्षीया झट्केली छोरीलाई गिरीले लामो समयदेखि यौन दुर्व्यवहार गरेपछि गर्भवती भएको भन्दै पीडित पक्षले कात्तिक १९ गते प्रहरी चौकी कमिरेचौरमा उजुरी दिएका थिए ।
पीडितको उजुरीपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयकी एसपी दुर्गा सिंहले जानकारी दिइन् ।
बालिकाको कात्तिक २० गते राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनाएको छ । चिकित्सकका अनुसार बालिकाको सात हप्ता चार दिनको गर्भ रहेको पाइएको छ ।
पीडित बालिकालाई महिला बालबालिका सेवा केन्द्रमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनायो ।