२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा राजपुर गाउँपालिका–२ का २७ वर्षीय राप्रताप यादवलाई प्रहरीले ०८१ असोज ११ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १० गते वडा प्रहरी कार्यालय, लमहीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रामबहादुर केसीले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज १० गते राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान, घोराहीमा भयो ।