INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेकोे कसुरमा जिल्ला अदालतले वुद्धशान्ति गाउँपालिका-१ का २३ वर्षीय हर्कबहादुर धमालालाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुईटेलको ०८१ असोज ९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ५ लाख रुपियाँ जरिबानाको आदेश भएको अदालतका श्रेस्तेदार किरणकुमार सिंहले बताउनु भयो ।

आरोपितले ०८१ वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध वैशाख २० गते इलाका प्रहरी कार्यालय, धुलाबारीमा उजुरी दिएको थिए ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई वैशाख २० गते गिरफ्तार गरी जिल्ला अदालतमा ०८१ जेठ १३ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको जेठ १४ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा ०८१ वैशाख २० गते गरिएको थियो ।

त्यसैगरी ३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दमक नगरपालिका-३ का २४ वर्षीय धनबहादुर विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको ०८१ असोज ७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै २ लाख रुपियाँ जरिबानाको आदेश भएको अदालतका सूचना अधकिारी रामचन्द्र बस्नेतले बताउनु भयो ।

आरोपितले ०७८ वैशाख ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध वैशाख १२ गते इलाका प्रहरी कार्यालय, दमकमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई ०७८ वैशाख १२ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०७८ जेठ ११ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको ०७८ जेठ १३ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा ०७८ वैशाख १२ गते गरिएको थियो ।

अन्य

भिडियो