INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गैडहवा गाउँपालिका–६, सूर्यपुराका २० वर्षीय अक्लेश यादवलाई प्रहरीले ०८१ असोज ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ७ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर दिपक मगरातीले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ६ गते भिम अस्पताल, भैरहवामा भयो ।

अन्य

भिडियो