जिल्ला कारागार कार्यालय, ओखलढुङ्गामा कैदीबन्दीबिच असोज ४ गते झडप भएपछि कारागार प्रशासनले नाइके र सहनाइकेलाई नुवाकोट कारागार स्थानान्तरण गरेको छ ।
कारागारका नाइके र सहनाइकेले आर्थिक शोषणका साथै अपचलन गरेको आरोपमा कैदीबन्दीबिच ०८१ असोज ४ गते झडप भएको कारागार प्रशासनले जनाएको छ ।
कैदीबन्दीको आक्रोशित भीड नाइके र सहनाइकेमाथि कुटपिट गरेको कारागारका जेलर लेखनाथ दाहालले बताउनु भयो ।
झडपछि कारागारमा तनाव सिर्जना भएकाले नाइके र सहनाइकेलाई जिल्ला कारागार, नुवाकोट स्थानान्तरण गरिएको कारागारका जेलर लेखनाथ दाहालले बताउनु भयो ।
अवस्था तनावपूर्ण बनेपछि तत्कालको लागि कारागारमा रहेका नाइके र सहनाइकेलाई नुवाकोट कारागारमा स्थान्तरण गरिएको जेलर दाहालको भनाइ छ ।
कारागारभित्र नाइके र सहनाइके भइ कैदीबन्दीलाई दुख दिने दुवै जनाको विवरण कारागार प्रशासनले गोप्य राखेको छ ।
झडपमा कोही कसैलाई चोट नलागेको र घाइते नभएको कारागार प्रशासनले जनाएको छ । कैदीसँग नाइके र सहनाइकेको मतभेद भएपछि झपडप भएको कारागारका जेलर लेखनाथ दाहालको भनाइ छ ।
कारागारको क्षमता भन्दा तीन गुण बढी कैदीलाई राख्नु पर्दा समस्या हुने गरेको कारागार प्रशासनले जनाएको छ ।