INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीय युवकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जना आरोपितलाई भदौ ३१ गते गिरफ्तार गरेको छ ।

बैतडी जिल्ला डिलासैनी गाउँपालिका-३ स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ मा मजदुरी गर्ने २५ वर्षीय बिश्वराम राना, २८ वर्षीय उमेश राना र चौतारा साँगाचोकगढी नपा-५ का जनक रानालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरेन्द्रकुमार यादवले बताउनु भयो ।

पीडित र आरोपित घटना मिलापत्र गर्ने भन्दै भदौ ३१ गते जिल्ला अदालत पुगेका थिए । मिलापत्र गर्न अदालत पुगेपछि यो गम्भीर प्रकृतिको घटना भएकाले मिलापत्र नहुने भन्दै आरोपितपहरुलाई प्रहरीले गिरफ्तार गरेको जिल्ला बार एसोसियसनका अध्यक्ष भूपेन्द्र थिङले बताउनु भयो ।

पीडितलाई आरोपितहरुले ०७२ कात्तिक १७ गते जिल्ला अदालतको भवन निर्माण गर्ने क्रममा यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ ।

पीडितले ०७२ कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका र सोही उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितहरूलाई गिरफ्तार गरेको इन्स्पेक्टर यादवले बताउनु भयो ।

अन्य

भिडियो