१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भदौ २८ गते त्रिपुरासुन्दरी गाउँपालिका–१ का ५२ वर्षीय राजु श्रेठलाई नौ वर्ष कैद गर्ने फैसला गरेकाे छ ।
न्यायाधीश मनकुमारी जिएम बिककाे भदाै २८ गतेकाे इजलासले श्रेष्ठलाई नौ वर्ष कैद र ३ लाख ५० हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेकाे छ । उक्त इजलासले पीडितलाई कसुरदारबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउने समेत फैसा गरेकाे छ ।
पीडितलाई श्रेष्ठले ०८१ वैशाख २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय सल्यानटारमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २५ गते धादिङ अस्पतालमा गरिएको थियो ।