INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण तथा शरीर बन्धक गरी बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक गराई बलात्कार गरेको आरोपमा कोटहीमाई गाउँपालिका–१ स्थायी घरभइ सिद्धार्थनगर नगरपालिका-१, वेलहियामा बस्ने २८ वर्षीय लिलाराज तेलीलाई प्रहरीले ०८१ भदौ २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २५ गते भदौ ४ गतेदेखि भदौ २१ गतेसम्म अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहर प्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २६ गते भिम अस्पताल, भैरहवामा भयो ।

अन्य

भिडियो