१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिवराज नगरपालिका–२ का १९ वर्षीय प्रकाश पुन भन्ने जयप्रकाश पुनलाई प्रहरीले ०८१ भदौ २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २५ गते इलाका प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि बहादुर वलीले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २५ गते बहादुरगञ्ज अस्पताल, बहादुरगञ्जमा भयो ।