१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले ०८१ भदौ २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि बहादुर वलीले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २५ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।