INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले पाँचथर जिल्ला, मिक्लाजुङ्ग गाउँपालिका स्थायी घर भइ अर्जुनधारा नगरपालिका-११ मा बस्दै आएका ४३ वर्षीय एकलव्य राईलाई तीन महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको ०८१ भदौ २६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार किरण सिंहले बताउनु भयो ।

१० वर्षीया बालिकालाई ०८० चैत ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले एकलव्य राईविरूद्ध ०८० चैत ११ गते इलाका प्रहरी कार्यालय, अनारमनीमा उजुरी  दिएको थियो ।

प्रहरीले राईलाई चैत ११ गते गिरफ्तार गरी जिल्ला अदालतमा चैत ३० गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको ०८१ वैशाख ३ गतेको आदेशले ५० हजार रुपियाँ धरौटी माग गरेको थियो । आरोपित वैशाख ३ गते धरौटी बुझाएर रिहा भएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा ०८० चैत ११ गते गरिएको थियो ।

अन्य

भिडियो