INSEC Online

📅 २०८३ जेष्ठ २१

घाटमा पुर्‍याएको शव बरामद, पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइयो

दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ ।

भदौ २४ गते बिहान मृत्यु भएपछि कसैलाई खबर नगरी पालुङटार नगरपालिका–५ मर्स्याङ्दी नदी किनारमा सतगदका लागि पुयाइएको शव प्रहरीले भदौ २४ गते बरामद गरेको जनाएको छ ।

भदौ २३ गते बिरामी परेपछि उपचारका लागि तनहुँको तुरतुरेस्थित गोरखा पोलिक्लिनिक सामुदायिक अस्पताल पुर्‍याइएको थियो । भदौ २३ गते नै डिस्चार्ज भएर कोठामा फर्किनु भएकी बुढा मगरको मृत्यु भदौ २४ गते भएको थियो ।

शव बरामद गरेपछि प्रहरीले गोरखा अस्पताल ल्याएर शवको पोष्टमार्टम गरी भदौ २४ गते नै आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

छिमेकीले प्रहरीलाई समेत खबर नगरी शवको सतगद गर्न लगिएको भन्दै खबर गरेपछि प्रहरीले घाटैमा पुगेर शव बरामद गरेको थियो ।

आफन्त र प्रहरीलाई समेत थाहा नदिइ सतगद गर्न लागिएकाले कल्पनाको मृत्यु शङ्कास्पद हुनसक्ने भएकाले पोष्टमार्टम गरिएको डिएसपी श्रेष्ठको भनाइ छ ।

अन्य

भिडियो