१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाख्रिबास नगरपालिका-४ मुङ्ग्रेका ५८ वर्षीय यदमकुमार राईलाई भदौ २३ गते गिरफ्तार गरेको छ ।
बालिकालाई पटकपटक र अन्तिम पटक ०८० भदौ २१ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजबाबु महर्जनले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ २३ गते गरिएको छ ।