INSEC Online

📅 २०८३ जेष्ठ २१

याैन दुर्व्यवहार घटनाका आराेपित गिरफ्तार

९ वर्षीया बालिकालाई ०८१ भदौ १६ गते यौन दुर्व्यवहार गरेको  आरोपमा प्रहरीले भारतको दार्जलिङ घर भई लमजुङको बेसीशहर नगरपालिका –१ बस्दै आएका निजी विद्यालयका शिक्षक ३६ वर्षीय मनिष गुरुङलाई भदौ १७ गते गिरफ्तार गरेको छ ।

आरोपितले कक्षा ४ मा अध्ययनरत बालिकालाई ट्युसन पढाउने क्रममा यौन दुर्व्यवहार गरेको बालिकाका अभिभावकले दिएको उजुरीमा उल्लेख छ।

बालिकाका अभिभावकले भदौ १७ गते दिएको उजुरीका आधारमा प्रहरीले गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक थानेश्वर चपाईले बताउनु भयो।

‍बालिकाको स्वास्थ्य परीक्षण भदौ १७ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो