कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा एकै परिवारका आमा र छोराको शङ्कास्पद अवस्थामा भदौ २० गते शव फेला परेको छ ।
४० वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरूस थापाको ०८१ भदौ २० गते शङ्कास्पदमा घरैमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन चापागाईल बताउनु भयो ।
घरभित्र रगतले लतपतिएको अवस्थामा आमाछोराको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
कटारी नगरपालिकाका कार्यपालिका सदस्य तथा स्थानीय गीता गिरीले बालकको घाटीमा धारिलो हतियारले रेटेको जस्तो देखिएको र आमा शव घोप्टिएको अवस्थामा फेला परेको बताउनु भयो ।
खाटमाथि सुतेका बालकको शरीरमा निकै चोटपटक लागेको र आमा घोप्टो परेको अवस्थामा शव फेला परेको गिरीले बताउनु भयो ।
घरभित्र आमाछोराको शङ्कास्पदमा अवस्थामा शव फेला परेपछि स्थानीयले इलाका प्रहरी कार्यालय, कटारीलाई खवर गरेका थिए ।
प्रहरीले घटनाका विषयमा अनुसन्धान थालेको छ ।