१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले १५ वर्षीय बालकलाई चार महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईको ०८१ भदौ १७ गतेको इजलासले कसुर ठहर गर्दै चार महिना कैद सजाय, २० हजार रुपियाँ जरिबाना र २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सुरेश मल्लले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडित बालिकालाई पुनले ०८० माघ २५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले माघ २९ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको थियो । बालकलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ २९ गते नेपालगञ्जस्थित भेरी अस्पतालमा भएको थियो ।