INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कल्याणपुर नगरपालिका-४ का २४ वर्षीय रुस्तम खानविरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ भदौ १७ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश इश्वरमणी ओझाको एकल इजलासले सो फैसला गरेको हो ।

आरोपितले बालिकालाई ०७८ मङ्सिर १० गते बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा मङ्सिर २४ गते उजुरी दिएका थिए। बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा मङ्सिर २४ गते भएको थियो ।

आरोपितविरुद्ध ०७९ मङ्सिर ९ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहितको पक्राउ पुर्जी जारी भए तापनि आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।

अन्य

भिडियो