INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सुनवल नगरपालिका-४, बेलारीका ५५ वर्षीय तारा विक भन्ने ताराबहादुर विकलाई प्रहरीले ०८१ भदौ १७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले भदौ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् सूचना अधिकारी रेशम बोहराले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १६ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको अस्पतालका प्रमुख महममद नुरुल होदाले बताउनु भयो ।

अन्य

भिडियो