४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सुनवल नगरपालिका-६, सोमनाथका ५२ वर्षीय दिपकनाथ कुवँरलाई प्रहरीले ०८१ भदौ १४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् सूचना अधिकारी रेशम बोहराले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १४ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको अस्पतालका निमित्त प्रमुख किरण पाण्डेले बताउनु भयो ।