INSEC Online

📅 २०८३ जेष्ठ २१

पूर्णखोप सुनिश्चितताको मापदण्ड पुरा भएको घोषणा

सिन्धुपाल्चोक जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितताका घोषणा गरिएको छ । जिल्ला स्वस्थ्य कार्यालयले पूर्णखोप दिगोपना सुनिश्चितताको सम्पूर्ण मापदण्ड पूरा गरी ०८१ भदौ १२ गते उक्त घोषणा गरेको हो ।

यस जिल्ला पूर्णखोप घोषणा ०७४ सालमा भएको भए पनि पूर्णखोपको दिगोपना सुनिश्चितताको घोषणा गर्न केही मापदण्ड पूरा नभएकाले घोषणा हुन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख दुर्गा बजगाइले बताउनुभयो ।

पूर्णखोप दिगोपना सुनिश्चितता हुनको लागि सबै बालावालिकाहरुले पाउनुपर्ने  १८ प्रकारका खोपहरू पाएको हुनुपर्ने छ ।

पूर्णखोप दिगोपना सुनिश्चितताले समय समयमा महामारीको रुपमा आउने सरुवा रोगहरूलाई खोपको माध्यमबाट बालवालिकाहरू सुरक्षित हुने चौतारा जिल्ला अस्पतालका डा. रुद्रमणि भण्डारीले बताउनुभयो ।

जिल्लाका सबै बालबालिकाहरूले नेपाल सरकारले प्रदान गरेका सबै प्रकारका खोप सुनिश्चितताहोस् भन्ने उद्देश्यले ०६९ सालबाट पूर्णखोप अभियानको सुरुआत भएको स्वास्थ्य प्रमुख बजगाइले बताउनुभयो ।

पूर्णखोप जिल्ला घोषणाको लागि हरेक वर्षको तीन महिना महिला स्वंसेवीका मार्फत ‘खोजेर खोप लगाउँ’ भन्ने अभियान सञ्चालन हुन्छ ।

जिल्लाका पाँच वर्ष मुनिका सबै बालवालिकाहरु लाई घर घर गएर बिभिन्न रोग बिरुद्धको खोप लगाउने कार्य सम्पन्न भएकोले जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितताको घोषणा भएकोे जिल्ला स्वास्थ्य प्रमखु बजगाइले बताउनुभयो ।

अन्य

भिडियो