INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका—४ का २१ वर्षीय सरोज विकलाई प्रहरीले ०८१ भदौ ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ८ गते अस्थायी प्रहरी पोष्ट, खालमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशव केसीले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ११ गते जिल्ला अस्पताल, बिजुवारमा भयो ।

अन्य

भिडियो