INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षकमाथि हातपात घटनाका आरोपित गिरफ्तार

पाथीभरा याङवरक गाउँपालिका-६ स्थित जनता आधारभूत विद्यालयमा कार्यरत २८ वर्षीय शिक्षक खेमप्रसाद घिमिरेलाई हातपात गरेको आरोपमा प्रहरीले सोही ठाउँकी ३५ वर्षीया मेनुका सुनुवार भण्डारीलाई भदौ ६ गते गिरफ्तार गरेको छ ।

शिक्षक घिमिरेलाई आरोपितले ०८१ भदौ ४ गते विद्यालय जाँदै गरेको अवस्थामा हातपात गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलकुमार लुङ्गेलीले बताउनु भयो ।

पीडितले आरोपित मेनुका सुनुवार भण्डारी र उनका पति रमेश भण्डारीले ज्यान मार्ने नियतले कुटपिट गरेको आरोपमा भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर लुङ्गेलीले बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि मेनुका सुनुवारलाई भदौ ६ गते गिरफ्तार गरिएको इन्स्पेक्टर लुङ्गेलीले बताउनु भयो ।

अर्का आरोपित रमेश भण्डारी फरार भएको र खोजी थालिएको प्रहरीले जनाएको छ ।

कुटपिट घाइते हुनु भएका शिक्षकको झापाको विर्तामोडस्थित वि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

अन्य

भिडियो