INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा सुनकोशी गाउँपालिका—१ ठोकर्पा घरभई ठोकर्पा माविमा कार्यरत शिक्षक ३५ वर्षीय निरञ्जन कार्कीलाई ०८१ भदौ ४ गते प्रहरीले गिरफ्तार गरेको छ ।

सुनकोशी गाउँपालिका—२ घर भई सोही विद्यालयमा अध्ययनरत छात्रा १५ वर्षीया सन्ध्या रोक्का ०८१ भदौ १ गते घरभन्दा ५ सय मिटर पर धानखेतको एक रुखमा झुण्डीएको अवस्थामा फेला परेकी थिइन् ।

आरोपित शिक्षकले मृतक बालिकासँग सँगै बसेर खिचिएको फोटो फेसबुकमा पोष्ट गर्दै “हामी दुईजना एक आपसमा विवाह गर्ने भएका छौं” भन्दै सामाजिक सञ्जालमा फोटो राखेकै कारणले आफ्नो अस्मिता माथि चोट पुगेर बहिनीले आत्महत्या गर्न बाध्य भएको मृतकका दाजु रमेश रोक्काले बताउनुभयो ।

सोही विवरण उल्लेख गर्दै पीडितपक्षको तर्फबाट मृतकका दाजुले शिक्षक कार्कीविरुद्ध भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनको उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरेन्द्रकुमार यादवले बताउनुभयो ।

फेसबुकमा पोष्ट गरिएको सामग्री आफूले पोष्ट नगरेको अरु कसैले आफ्नो नामबाट त्यस्तो नराम्रो कुरा लेखेर पोष्ट गरेको भनाई आरोपित शिक्षकको छ ।

फेसबुक मार्फत सामाजिक सञ्जालमा पोष्ट भएका सामग्रीहरू कोबाट कसरी भएका हुन् भन्ने कुराको अनुसन्धानबाट खुल्ने भएकाले अहिलेनै यसो हो भन्न नसकिने इन्स्पेक्टर यादवले बताउनुभयो ।

शवको पोष्टमार्टम भदौ २ गते चौतारा अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो