INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-५ का ३६ वर्षीय राजेन्द्र महतो कोइरीलाई ०८१ भदौ ४ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ ।

आरोपितले ०८१ असार २४ गते पीडित महिलालाई बलात्कार प्रयास गरेको भन्दै सोही दिन पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको थियो ।

आरोपितलाई भदौ ४ गते गिरफ्तार गरी भदौ ५ गते जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण साउन २५ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो