INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोले स्वास्थ्यचौकीमा क्षति पुर्‍याएपछि सेवा प्रभावित, विद्यलय पनि जोखिममा

खाँडादेवी गाउँपालिका–७ को खाँडादेवी स्वास्थ्यचौकी भवन पहिरोले पुरेपछि सर्वसाधारणको उपचार सेवा प्रभावित भएको छ ।

भदौ १ गते राति स्वास्थ्यचौकी भवन माथिबाट आएको पहिरोले स्वास्थ्यचौकी भवनको भित्तो भत्किएर औषधि लगायतमा क्षति पुर्‍याएको छ । पहिरोले दैनिक प्रयोगमा आउने औषधि समेत पुरेको खाँडादेवी–७ का कार्यवाहक वडाध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिनु भयो ।

photo20240821ramechhap (2)

कार्कीका अनुसार स्वास्थ्य चौकीका दुईओटा भवनमध्ये एउटा भवन पहिरोले भत्काएको छ भने अर्को भवन पनि जोखिममा परेको छ । बालबालिकालाई खोप लगाउने तथा औषधि भण्डारण गर्ने भवनमा क्षति पुगेपछि अहिले अर्को भवनमा साँघुरोसँग दैनिक सेवा सञ्चालन भइरहेको छ । यसले गर्दा स्वास्थ्यकर्मीलाई बिरामीको उपचार गर्न समेत समस्या भएको उहाँले बताउनु भयो ।

photo20240821ramechhap (1)

यसैगरी स्वास्थ चौकी माथिबाट गएको पहिरोले स्वास्थ्य चौकीभन्दा केही माथि रहेको श्री कृष्ण माध्यमिक विद्यालय भवन समेत जोखिममा परेको छ । पहिरोले विद्यालय भवन तन्ने डर बढेको कार्कीले बताउनु भयो ।

यस विषयमा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठसँग कुरा गरेको र चाँडै प्राविधिक पठाएर समस्या समाधानको उपाय खोजिने आश्वासन दिनुभएको कार्कीले बताउनु भयो ।

अन्य

भिडियो