INSEC Online

📅 २०८३ जेष्ठ २१

सहिद परिवारलाई रोजगारी दिने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा ज्यान गुमाएका चार जना सहिदहरूका परिवारलाई चालु आर्थिक वर्षमा रोजगारी दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‘कर्णाली प्रदेशमा रहेका सङ्घीय सरकार र स्थानीय तहलाई पनि आग्रह गर्नेछौँ । प्रदेश मातहतका सबै कार्यालयहरूमा सहिदहरूका तस्वीर राख्ने निर्णय गरिएको छ । सबैले लागु गरौँ’, उहाँले भन्नुभयाे ।

मुख्यमन्त्री कँडेलका अनुसार कर्णाली प्रदेश स्थापना आन्दोलनका क्रममा ज्यान गुमाएका चार जना सहिदको तस्वीर प्रदेशका मन्त्रालय र मातहतका कार्यालयमा अनिवार्य रूपमा राखिने भएको छ । भदौ २ गते बसेको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारले जनाएको छ । प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका गोपालसिंह रजवार, टीकाराम गौतम, यामबहादुर बिसी र जुम्लामा हरिबहादुर कुँवरले ज्यान गुमाएउनु भएकाे थियाे । मन्त्रिपरिषद्ले उनीहरूको परिवारका एक-एक जनालाई रोजगार उपलब्ध गराउने समेत निर्णय गरेको छ ।

प्रदेश प्रमुख यज्ञराज जोशीले सङ्घर्ष र बलिदानबाट प्राप्त कर्णाली प्रदेशको समृद्धि र विकासका विषयमा समीक्षा गर्नुपर्ने बेला आएको बताउनु भयाे । ‘जनताको चाहना र शहीदको सपनालाई कति पूरा गरियो भनेर तीन तहका निर्वाचित जनप्रतिनिधिहरूले समीक्षा गर्नुपर्ने बेला आएको छ’, उहाँले भन्नुभयाे ।

Photo20082024Surkhet

अन्य

भिडियो