११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई भदौ २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले भदौ २ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विरेन्द्रकुमार यादवले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २ गते स्वास्थ्य केन्द्र नवलपुरमा गरियो।