INSEC Online

📅 २०८३ जेष्ठ २१

पतिद्वारा पत्नीको हत्या

महोत्तरी गाँउपालिका-१ सोनखडाकी ३६ वर्षीया रोशना खातुनलाई उनका पति ४५ वर्षीय हविव नदाफले हत्या गरेका छन् । आरोपितले साउन ३२ गते राति रोशनालाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

स्थानीयवासीले भदौ १ गते विहान घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय महोत्तरीमा जानकारी गराएपछि घटना बाहिर आएको हो । साउन ३२ गते राति ६ वर्षीया छोरी सानिमासँग सुत्न गएको समयमा हविवले रोशनाको हत्या गरेकाे जिल्ला प्रहरी कार्यालयका एसपी नकुल पोखरेले जानकारी दिनुभयाे ।

शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकृत इन्स्पेक्टर धर्मराज मुडभरीले जानकारी दिनुभयो । घटनापश्चात आराेपित फरार रहेकोे उहाँले बताउनुभयाे ।

अन्य

भिडियो