INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार आरोपित दुई वर्षपछि हाजिर

१४ वर्षीया बालिका बलात्कारका फरार आरोपित राजविराज नगरपालिका-१ डुमरी टोलका २२ वर्षीय दुर्गानन्द राम दुई वर्षपछि ०८१ साउन ३० गते सप्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।

हाजिर भएका आरोपित जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले साउन ३० गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका छन् ।

बालिकालाई २०७९ असार २२ गते राति आरोपितले बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा असार २३ गते उजुरी दिनुभएको थियो । खाना खाइ घरमा सुतिरहेका बेला धाकधम्की दिई डरत्रासमा पारी आरोपितले बोदे बर्साइन नगरपालिका-४ भाटिनस्थित मसानी बाबा थानको फूलबारीमा लगेर बलात्कार गरेको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ०७९ असार २३ गते भएको थियो । इलाका प्रहरी कार्यालय कडरबोनाले असार २३ गते उजुरी दर्ता गरेको थियो । आरोपित फेला नपरेपछि जिल्ला अदालतमा ०८० असार १९ गते अभियोग पत्र दायर भएको थियो ।

अन्य

भिडियो