INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुर ठहर गर्दै ६/६ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले मेलम्ची नगरपालिका-११ का ३३ वर्षीय अनिष श्रेष्ठ र सोही ठाउँका ३४ वर्षीय पवन श्रेष्ठलाई साउन २८ गते ६/६ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले सामूहिक बलात्कार घटनामा दुवैजना संलग्न भएको ठहर गर्दै सो फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।

पीडित बालिकालाई आरोपितलाई ०७० वैशाख २६ गते सामूहिक बलात्कार गरेको भन्दै पीडितले ०७०  जेठ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

फरार आरोपितहरू ०८० पुस ६ गते जिल्ला अदालत हाजिर हुन आएपछि जिल्ला अदालतले आरोपित दुवैलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको जिल्ला बार इकाइका अध्यक्ष भूपेन्द्रबहादुर थिङले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७० जेठ २ गते चौतारा अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो