INSEC Online

📅 २०८३ जेष्ठ २१

घाट खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका-१ मा पर्ने उत्तरी नाका नाग्चेदेखि लाग्ना जाने बाटोमा रहेको घाट खोलाको पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ । उत्तरी नाका नाग्चेदेखि विभिन्न ठाउँलाई जोड्ने एकमात्र विकल्पको रूपमा रहेको यस घाट खोलामा पुल नबन्दा यहाँका स्थानीयहरूलाई सास्ती भएको हो ।

अविरल वर्षा भएदेखि खोलाको पानी बढेर बाटो अवरुद्ध हुँदा मुगम कारमारोङ गाउँपालिकाको नौ ओटा बस्ती र छायाँनाथ रारा नगरपालिकाको १२ ओटा बस्तीका नागरिकहरूलाई दैनिक उपभोग्य सामान ओसारपसार गर्न र बिरामी हुँदा आपतकालीन आवतजावतमा सास्ती भोग्नु परेको मुगुम कारमारोग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउनु भयो ।

भारी वर्षा भएर बाटो अवरुद्ध हुँदा स्थानीय बासी र विद्यार्थीहरूलाई काठको पुलमाथि आवातजावत गर्न ठूलो समस्या आएको कक्षा १२ मा अध्ययनरत विद्यार्थी दिपु साँवतले बताउनु भयो ।

घाट खोलाको यात्रा गर्न यी बस्तीका स्थानीयहरूलाई ठूलो सास्ती भएको छायाँनाथ रारा नगपालिकाका नगर प्रमुख विष्णु कुमार भामले बताउनु भयो । खोलामा नेपाल सरकारले बनाउन लागेको पुल अलपत्र अवस्थामा रहेको उहाँको भनाइ छ । अबको केही दिनमै गाडी आवतजावत गर्न मिल्ने काठको पुल बनाइने नगर प्रमुख भामले जानकारी दिनुभयो । गत वर्षको अविरल वर्षाका कारण खोलाको झोलुङ्गे पुल बाढीले बगाएको थियो ।

Photo12082024Mugu

अन्य

भिडियो