आठ वर्षीया बालिकालाई साउन १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिन्धुली जिल्ला, फिक्कल गाउँपालिका–१ घर भई धुलिखेल नगरपालिका–८ पिकनिक स्पोर्टस नजिकै कोठा गरी बस्ने १९ वर्षीय मुस्कान सुनुवार र सोही ठाँउका १९ वर्षीय दीनेश राईलाई साउन २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाको आमाले जिल्ला प्रहरी कार्यालय बनेपामा साउन २१ गते घटनाका सम्बन्धमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २० गते धुलिखेल अस्पतालमा गरिएको छ । आरोपितहरूलाई हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी राजकुमार श्रेष्ठले बताउनु भयो ।