११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतहट जिल्लाको बृन्दावन नगरपालिका–५ घर भई मकवानपुर, हेटौँडा उपमहानगरपालिका–४ बस्ने २१ वर्षीय दिपेन्द्र दासलाई साउन २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई डर–त्रास देखाई साउन ७ गतेदेखि १८ गतेसम्म गोरखामा बलात्कार गरेको भन्दै पीडितका आफन्तले साउन २० गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका थिए ।
पीडितका आफन्तको उजुरीका आधारमा अरोपितलाई साउन २१ गते मकवानपुरबाट गिरफ्तार गरी साउन २२ गते मकवानपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २२ गते जिल्ला अस्पताल गोरखामा भएको थियो ।