INSEC Online

📅 २०८३ जेष्ठ २१

बिसौनाको पहिरोमा परेर दलित परिवारका चार जनाको मृत्यु, दुई जना घाइते (फोटो फिचर)

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१, बिसौनामा ०८१ साउन २२ गते बिहान ९ बजे अविरल वर्षातका कारण पहिरो खस्दा दलित परिवारका चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पहिरोमा पुरिएर मुसिकोट नगरपालिका–१, बिसौनाका ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुमबहादुर विक, ६६ वर्षीया मसुरी विक र साढे दुई वर्षीया रियान्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार केसीले जानकारी दिनुभयो । पहिरोमा परेर ३१ वर्षीय बिष्णुबहादुर विक र २३ वर्षीया मुना बिक घाइते भएका छन् । उनीहरूको लम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा उपचार भइरहेको छ । आफन्त भएकाले पहिरोबाट बँच्न हुकुमबहादुर बिष्णु बहादुर विकको घरमा बस्दै आएका थिए ।

मुसिकोट नगरपालिका–१, बिसौनामा आठ घर दलित परिवार लामो समयदेखि बस्दै आएका छन् । भिरालो र खुलखुले जमिन भएकाले ठूलो वर्षातमा जोखिम पहिलेबाटै रहेको स्थानीय प्रतिमा केसीले बताउनु भयो । सानासाना बारीहरू भएकाले परिवारहरू अन्यत्र बसाई सर्न नसकेको केसीको भनाइ छ । अहिले ६ घर परिवार पहिरोको जोखिममा छन् । उनीहरूलाई सुरक्षित स्थानमा राख्न मुसिकोट नगरपालिकाले पहल गरिरहेको मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले बताउनु भयो ।

पहिरो प्रभावित चोपबहादुर विकले आफूले जोखिमको महसुस गरेर घटना स्थलबाट केही माथि बसेकाले बँच्न सफल भए पनि दाइ, दिदि र भजितीहरूले ज्यान गुमाएको बताउनु भयो । उहाँले अब पनि बसाइँको व्यावस्थापन नगर्ने हो भने अर्को विपद्को सामना गर्नुपर्ने अवस्था आउने विकले बताउनु भयो । वर्षाले मालिका गाउँपालिका–१, नेटाको सल्लाखर्क बस्ने धनमाया पुनको घर र गोठ पहिरोले बगाउँदा गाइभैँसी मरेको मुसिकोट नगरपालिका–१ का पूर्व वडाध्यक्ष इन्द्र घर्तिले जानकारी दिनुभयो ।

मानवीय क्षति नभए पनि घरगोठ, पशुचौपाय, अन्नपात, लत्ताकपडा, खाद्यान्न सम्पूर्ण नष्ट भएका छन् । ०८१ असारमा अविरल वर्षासहितको पहिरोले मालिका गाउँपालिका–६, अर्जेका ५५ वर्षीय भेषबहादुर विकसहितका पाँच जनाले ज्यान गुमाएका थिए । घर नजिकैको माटोको ढिस्कोले घर पुरिएपछि भेषबहादुरसहित पत्नी ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी आठ वर्षीया सपना विक र आठ महिनाकी विपनाको घटनास्थलमै ज्यान गएको थियो । Photo07082024Gulmi8

Photo07082024Gulmi9

Photo07082024Gulmi10

Photo07082024Gulmi2

Photo07082024Gulmi

Photo07082024Gulmi1

Photo07082024Gulmi3

Photo07082024Gulmi4

Photo07082024Gulmi5

Photo07082024Gulmi6

अन्य

भिडियो