१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले १७ वर्षीय बालकविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएको छ ।
बालिकालाई ०८१ साउन १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले १७ वर्षीय बालकविरूद्ध जिल्ला प्रहरी कार्यालयमा साउन २१ गते उजुरी दर्ता गराएको इन्स्पेक्टर विनलाल शाहले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २१ गते गरिएको छ ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।