INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दा नागरिकमा त्रास

पश्चिम नवलपरासी जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेर ७१ पुगेपछि जिल्लाका नागरिकमा सङ्क्रमणको त्रास बढेको छ ।

विशेष गरी जिल्लाको सदरमुकाम परासी आसपासमा यसको प्रभाव परेको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले बताउनुभएको छ । डेङ्गी लगायत अन्य सरुवा रोगहरू भाइरल ज्वरो, रुघाखोकी, मौसमी ज्वरोसमेत बढेको पृथ्वीचन्द्र जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. महम्मद नुरुल होदाले बताउनु भयो ।

यस्ता भयावह रोगहरू फैलिन नदिन आवास क्षेत्रका पानी जम्न सक्ने खाल्डा खुल्डी पुर्ने, खाली भाँडाहरू नराख्नको लागि सबैलाई अनुरोध गरेको भए पनि सरसफाइमा ध्यान नदिँदा रोगले भयावह रुप लिन सक्ने डा. होदाले बताउनु भयो ।

सङ्क्रमणको ग्राफ बढीरहेको डेङ्गीलाई नियन्त्रण गर्न के उपाय गरिरहनुभएको छ भन्ने जिज्ञासामा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले स्थानीय सरकारहरूसँग समन्वय गरी चेतनामूलक कार्यक्रमसँगै स्वास्थ्यकर्मीहरूको परिचालन गरी रोकथाम र उपचारमा समेत संलग्न गराइएको जानकारी दिनुभयो ।

Photo04082024Nawalparasi West

Photo04082024Nawalparasi West1

अन्य

भिडियो