INSEC Online

📅 २०८३ जेष्ठ २२

घुस्बाङ खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

सुनछहरी गाउँपालिका-१, घुस्बाङ खोलामा झोलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ । घुस्बाङदेखि विभिन्न ठाउँलाई जोड्ने एकमात्र विकल्पको रूपमा रहेको यस क्षेत्रमा झोलुङ्गे पुल समयमा नबन्दा यहाँका स्थानीयहरूलाई सास्ती भएको हो ।

वर्षाको समय भएकाले खोलाको वगर धेरै बढेको छ । खोला तर्न सकिन्न । पुलबाट यात्रा गर्न सक्ने अवस्था छैन । यहाँका स्थानीयहरूले भने जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । पुल मर्मतसम्भार नहुँदा छिमेकी गाउँसम्म पुग्न र स्थानीयहरूलाई वनपाखा गर्न, स्याउला सोत्तर गर्न समेत समस्या भएको स्थानीय पुस्तमन घर्तीमगरले इन्सेकलाई जानकारी दिनुभयो ।

यस क्षेत्रमा लघु जालविद्युत सञ्चालनमा छ । वर्षातको समयमा खोलामा पुल नबन्दा जालविद्युत कार्यालयका कर्मचारीहरूलाई पनि आउजाउ गर्न समस्या भएको छ । वर्षौँदेखि पुल जीर्ण बन्दा समेत सम्बन्धित निकायको ध्यान नजाँदा घुस्बाङगी जनताहरूले सास्ती खेप्न परेको स्थानीयहरूको भनाइ छ ।

घुस्बाङ गाउँ सुनछहरी गाउँपालिकादेखि दुरिको हिसाबले नजिकै पर्छ तर विकासको हिसाब भने कर्णाली जस्तै पछाडि पारियको स्थानीहरूको भनाइ छ । यस क्षेत्रको फलवाङ, खेरबाङ, सज्जर र घुस्बाङ लगायत बस्तीहरू हालसम्म पनि सडक सञ्चालको पहुँच बाहिर छ । ‘वर्षातको समयमा कुनै महामारी लागि हाले वा बिरामी परेमा तत्काल स्वास्थ्य संस्थासम्म पुग्न वा पुर्‍यउने समेत कुनै उपाय छैन । त्यस्तो समयस्या भइहाले एक दिनसम्म बोकेर शेरम पुर्‍याउन पर्छ’, स्थानीय भागबिर घर्तीले भन्नुभयो ।

जीर्ण अवस्थामा रहेको पुल मर्मतसम्भारको निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराउँद पनि समस्याको समाधान नहुँदा शिक्षक, विद्यर्थी, बालबालिका एवम् ज्येष्ठ नागरिकहरूलाई बढी सास्ती हुने गरेको स्थानीय बुद्धिजिवि पुस्तमन घर्तीमगरले बताउनु भयो । झोलुङ्गे पुलको माध्यमबाट स्थानीयहरू वारपार गर्थे, विद्यार्थीहरू विद्यलय जान्थे, पुल नबनेपछि यहाँका स्थानीय जनताहरूले दुख पाएका छन् । समस्या समाधानका लागि विभिन्न निकाय गुहार मागे पनि भए तापनि स्थानीय सरकार लगायत कुनै निकायको समेत ध्यान नजाँदा यहाँका स्थानीयलाई खोला वारपार गर्नमा समस्या भएको उहाँको भनाइ रहेको छ ।

सुनछहरी गाउँपालिका–१ का वडा अध्यक्ष धनिमन रोकाले त्यस क्षेत्रमा जीर्ण अवस्थामा रहेको पुलको त्यति आवश्यकता नभएले फलवाङ, खोला र धुरी खोलामा झोलुङ्गे पुल निर्माणको निम्ति अन्तिम डिपिआर तयार भएको र चाँडै काम सुरु हुने बताउनु भयो ।

Photo01082024Rolpa

अन्य

भिडियो