सुस्ता गाउँपालिका-४, गकुलनगरकी ४१ वर्षीया अमरावती चमारको हत्या प्रयास गरेको आरोपमा देवर ३२ वर्षीय मोहन चमारलाई प्रहरीले साउन १७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले साउन १४ गते सामान्य घरायसी विवादलाई लिएर एक्कासी लाठी ढुङ्गा प्रहार गरी हातमुख, टाउको लगायतका ठाउँमा निलडाम बनाएको र घाँटी थिची हत्या प्रयास गरेको भन्दै पीडित पक्षले साउन १७ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दियो । पीडित पक्षले दिएको सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बेलाटारीका इन्स्पेक्टर प्रकाश खत्रीले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य उपचार पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भइरहेको छ ।