INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन दिनदेखि बेपत्ता बालकको शव फेला

तीन दिन देखि बेपत्ता कर्जन्हा नपा-२ का १३ वर्षीय बालक भवेस यादवको हत्या गरिएको अवस्थामा कात्तिक ५ गते शव फेला परेको छ ।

कात्तिक ३ गते कमला खोलामा नुहाउन गएका बालकको घाँटी काटिएको अवस्थामा आज दउँसो ४ बजेतिर भैँसी चराउन जानेहरूले शव देखेपछि प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजेन्द्रकुमार उपाध्यायले बताए ।

बालकको घाँटी काटिएको र शरीरमात्रै फेला परेको भएपनि लगाएको कपडाको आधारमा मृतकका बावु कुसुमलाल यादवले सनाखत गरेको इन्स्पेक्टर उपाध्यायले बताए ।

बालकको टाउकोको खोजतलास गरिरहेको तथा हत्या कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान गरी हत्यारालाई चाँडै गिरफ्तार गर्ने इन्स्पेक्टर उपाध्यायले बताए ।

शवको पोष्टमार्टमको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

अन्य

भिडियो