INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रकाश मानव अधिकार पुरस्कार–२०८० बाट पूर्णिमाया लामा सम्मानित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३२ औँ स्मृति दिवसका अवसरमा ३० औँ प्रकाश मानव अधिकार पुरस्कार–२०८० सङ्क्रमणकालीन न्यायका लागि सङ्घर्षरत नमोबुद्ध नगरपालिका ९, दाप्चा, काभ्रेपलाञ्चोककी ६२ वर्षीया पूर्णिमाया लामालाई प्रदान गरिएको छ ।

Shrawan 16 photo

साउन १६ गते इन्सेकले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो पुरस्कार प्रदान गर्नु भएको हो ।

लामालाई उपप्रधान एवम् अर्थमन्त्री पौडेलले सम्मानपत्र, ताम्रपत्र र नगद ५० हजार रूपियाँसहित इन्सेकको प्रतीक प्रदान गरी पुरस्कृत गरिएको हो ।

Photo Shrawan 16 Lalitpur

कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले पीडितहरूको न्यायको मागलाई सरकारले उचित रूपमा सम्बोधन गर्ने बताउनुभयो । नेपाली समाजले एउटा पीडादायी द्वन्द्व भोगेको बताउँदै पौडेलले देश द्वन्द्वबाट बाहिर निस्किए पनि द्वन्द्वको घाउ अझै बाँकी नै रहेको बताउनुभयो । ‘ द्वन्द्व अन्त्य भएको छ, शान्ति स्थापना भएको छ तर अझै पनि द्वन्द्वका घाउ निको भएका छैनन्’, उहाँले भन्नुभयो ।

Bishnu payudal

पीडितको पक्षपोषण हुने गरी शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘नेपाल सरकार पीडितको न्यायको पक्षमा रहेको छ’, उहाँले भन्नुभयो ।

नेपाली समाजले अनपेक्षित, अनावश्यक, अनुचित द्वन्द्वको सामना गर्नुपरेको पौडेलले बताउनुभयो ।  शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुङ्ग्याउनु पर्छ भन्नेमा सरकार दृढ रहेको उहाँले बताउनुभयो ।

अन्य

भिडियो