INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद

२६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा हरिवन नगरपालिका-४ का ३२ वर्षीय जमरुदीन अन्सारी र ३४ वर्षीय मो. मकसुद अन्सारीलाई जिल्ला अदालत सर्लाहीले ०८१ साउन १० गते तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले आरोपितहरूलाई तीन/तीन वर्ष कैद सजाय र ३० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको फैसला गरेको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।

पीडितलाई आरोपितहरूले ०८० जेठ ७ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितहरूविरुद्ध ०८० असार २७ गते इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिएकोमा प्रहरीले असार ३१ गते उजुरी दर्ता गरेको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०८० असार ३१ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको थियो ।

आरोपितहरू पुर्पक्षका लागि सिन्धुली जिल्ला कारागारमा रहेको श्रेस्तेदार अधिकारीले जानकारी दिनु भयो ।

अन्य

भिडियो