INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वाणगङ्गा नगरपालिका–९ का १९ वर्षीय कपिल गुरुङ, सोही ठाउँका २२ वर्षीय सरोज पोखरेल र १७ वर्षीय बालकलाई प्रहरीले ०८१ साउन ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितहरूले साउन ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ८ गते इलाका प्रहरी कार्यालय, पिपरामा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितहरूलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, पिपराका डिएसपी हरिबहादुर वलीले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ८ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।

अन्य

भिडियो