INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु

गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा ०८१ साउन १० गते पहिरोले घर पुरिदा एकै परिवारका तीन जना बालिकाको मृत्यु भएको छ ।

साँझ वर्षासँगै आएको पहिरोले स्थानीय विमान तामाङको घर पुरिदा विमानकी छोरी १८ वर्र्षीया सिता तामाङ तथा नातिनीहरू १५ वर्षीया लक्ष्मी र १३ वर्षीया आसिकालाई पुरेको स्थानीय नवराज सुनुवारले जानकारी दिनुभयो ।
साँझ ७ः३० बजेतिर घरमाथिबाट खसेको ढिस्कोले घर भत्किदा उनीहरूलाई पुरेको थियो । स्थानीयले पुरिएकाहरूको शव राति नै निकालेका थिए ।

घटनाको बारे थाहा पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहको नेतृत्वको टोली उद्धारका लागि घटनास्थलतर्फ गएको थियो । त्यस्तै प्रहरी चौकी बेतालीको टोली पनि घटनास्थलमा आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी इन्सपेक्टर कौशल न्यौपानेले जानकारी दिनुभयो ।

अन्य

भिडियो