INSEC Online

📅 २०८३ जेष्ठ २२

बहुप्राविधिक शिक्षालयका प्रशिक्षकमाथि दुर्व्यवहार

पालुङटार नगरपालिका–४ को बहुप्राविधिक शिक्षालयका प्रशिक्षक आशिष रानाभाटमाथि हातपात र दुर्व्यवहार भएको छ । प्रयोगात्मक परीक्षामा न्यून अङ्क दिएको भन्दै ०८१ साउन १० गते नेपाल विद्यार्थी सङ्घ निकट विद्यार्थीहरूले दुव्र्यवहार गरेका हुन् । आफू कार्यकक्षमा बसिरहेको अवस्थामा हातपात भएको प्रशिक्षक रानाभाटले बताउनु भयो । ‘दुई जना पूर्व विद्यार्थी सहित १०÷१२ जनाको सङ्ख्यामा आएका उनीहरूले मोसो दल्ने प्रयास गरे, हातपात गरे’ उहाँले भन्नुभयो । आफ्नो कार्यकक्षमा रहेको मोवाइल, टेबल र ल्यापटप समेत तोडफोड भएको उहाँले बताउनु भयो । शिक्षालयमा अध्ययन गर्ने श्यामहरी संग्रौलालाई प्रयोगात्मक परीक्षामा न्यून अङ्क दिएको नेपाल विद्यार्थी संघद्वारा साउन २ गते जारी विज्ञप्तीमा उल्लेख छ । प्रशिक्षक रानाभाटले भने प्रयोगात्मक परीक्षामा न्यून अङ्क दिएको विषयमा सत्यता नरहेको बताउनु भयो । ‘म मात्र नभइ कोअडिनेटर, परीक्षा विभाग मिलेर नम्बर चढाउनुपर्छ’ रानाभाटले बताए ।

नेविसङ्घले यस विषयमा धेरै पटक वार्ता छलफल भए पनि विगतका सेमेष्टर जस्तै चौथो सेमेष्टरमा पनि बाह्य तथा प्रयोगात्मक तर्फ गर्नुपर्ने सबै कार्य समयमा गरेर सफल हुने प्रतिक्षामा रहँदा नतिजामा फेरि बदनियत राखी प्रयोगात्मकतर्फ अनुतीर्ण गराइयो’ विज्ञेप्तीमा उल्लेख गरिएको छ । यस विषयमा सरोकार पक्ष लगायत प्रमुख जिल्ला अधिकारी समेतलाई जानकारी गराइएको विज्ञेप्तीमा भनिएको छ । प्रशिक्षक रानाभाटसँग सामान्य भनाभन र तानातान भएको नेविसङ्घले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

अन्य

भिडियो