INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-३ का २३ वर्षीय कृष्ण सदाविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८१ साउन ६ गते उजुरी दिनुभएको छ ।

आरोपितले बालिकालाई ०८० चैत २७ गते बलात्कार गरी गर्भवति बनाएको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा साउन ६ गते उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा साउन ६ गते भयो ।

घटना पश्चात आरोपित फरार रहेकोले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर दिपककुमार सिहंले बताउनु भयो ।

अन्य

भिडियो