INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुम्लाको कन्कासुन्दरी गाउँपालिका–५ का २१ वर्षीय नवीनराज बडुवाललाई साउन ८ गते गिरफ्तार गरेको छ ।

बालिकालाई  साउन ५ गते राती ११ बजे घरमा गएर बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ७ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पोषण थापाले जानकारी दिनुभयो ।

आरोपितलाई साउन ८ गते जिल्ला सदरमुकाम मान्म स्थित जिरोप्वाइन्टबाट गिरफ्तार गरेर अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको इन्स्पेक्टर थापाले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ७ गते जिल्ला अस्पतालमा भएको थियो ।

अन्य

भिडियो