INSEC Online

📅 २०८३ जेष्ठ २२

गर्भवती महिला कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

जनकपुरधाम उपमहानगरपालिका-१२ कुवारामपुरकी २४ वर्षीया कौशल्या देवी महाराको कुटपिट गरी गर्भ तुहाएको आरोपमा सोही ठाउँका २७ वर्षीया विणादेवी महरा, ३५ वर्षीया अनिता देवी महाराविरुद्ध पीडित पक्षले ०८१ साउन ४ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनु भएको छ ।

गर्भवती रहेकी कौशल्या देवी महारा र आरोपितहरूबीच असार २८ गते भएको विवादको क्रममा आरोपितहरूले लाठी प्रहार गरी निर्घात रुपमा कुटपिट गरेको कारण गर्भमा रहेको शिशुको मृत्यु भएको पीडितका पति राजा महाराको भनाइ रहेको छ । पीडित महाराको स्वास्थ्य उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा असार २८ गतेदेखि साउन ६ गतेसम्म भयो ।

घटनापश्चात आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन आवाले जानकारी दिनु भयो ।

त्यसैगरी, घटना बारे इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवान, अधिवक्ता रेखा झा, ओरेक धनुषाका शान्ति मेहता, इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोषकुमार यादव, नील हिरा समाजका प्रदेश संयोजक प्रदिप यादबलगायतका मानव अधिकारकर्मीहरूको टोलीले साउन ३ गते प्रादेशिक अस्पताल जनकपुरधाममा पीडित र पीडित परिवारहरूसँग भेटघाट गरेकाे थियाे।

अन्य

भिडियो