नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खोटाङ जिल्ला केपिलासगढी गाउँपालिका–५ घर भइ महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने २६ वर्षीय नरबहादुर खत्रीलाई ०८१ साउन ३ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित चाइनिज इटा टायल कारखानाको कम्पाउण्डमा लगि ललाइ फकाइ प्रलोभनमा पारी ०८१ साउन २ गते बलात्कार गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी परिसर जाउलाखेलमा सोही दिन उजुरी दिएको एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो ।
पीडित परिवारको उजुरी आधारमा आरोपित खत्रीलाई गिरफ्तार गरिएको प्रहरी परिसर एसपी सुवेदीले बताउनु भयो ।
ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी बालिका बलात्कार मुद्दामा अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण पाटन अस्पतालमा साउन ३ गते नै गरिएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।